कालसिङ झोलुङ्गे पुलको भ्रमण

IMG_20220623_215044.jpg

नाम्ची। सिक्किम सरकारको अनुमान समितिका अध्यक्ष एवं बर्फुङ क्षेत्रका विधायक टीटी भोटियाले दक्षिण सिक्किमअन्तर्गत लोवर नामलुङको साम्दुङदेखि पश्चिम सिक्किम जोडिने कालसिङ झोलुङ्गे पुलको भ्रमण गरे। भ्रमणको समय एसकेएमको केन्द्रिय कार्यकारिणी समितिका उपाध्यक्ष लोब्जाङ भोटिया, एसकेएम सीएलसी अध्यक्ष विष्णु शर्मा, भाजपा मण्डल प्रमुख प्रदिप गुरुङ, राभाङला खण्ड विकास अधिकारी उपेन्द्र राई, रालोङ बोरोङ प्रादेशिक क्षेत्रका जिल्ला पञ्चायत सदस्य टाँसी डाडुल भोटिया, पञ्चायत सभापति एसटी भोटिया, पञ्चायत सदस्य कर्मलोडे भाेटिया, सडक तथा पुल विभागका अभियन्ताहरू, स्थानीय गाउँलेहरू आदि उपस्थित रहेका थिए।
स्मरण गराइन्छ, उक्त पुल एकदमै जीर्ण अवस्थमा रहेकोले स्थानीय गाउँलेहरुलाई आवतजावतको लागि धेरै असुविधा भइरहेको थियो। यसर्थ सरकारले तात्काल अनुमोदन गरेको हुँदा विधायकले भ्रमणको क्रममा स्थानीय मुनाल क्लबलाई पुल मरम्मत गर्न सरकारबाट अनुमोदन गरिएको कार्यकाे आदेश पत्र हस्तान्तरण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement