३० मईः सीमित सुविधा र संसाधनको साथ पनि कठोर मेहनतको दममा सिलगढ़ीको सालुगढ़ा नजिक राजफाप्रीकी त्रिलेखा गुरुङले कलकत्तामा भएको युथ स्टेट बक्सिंग च्याम्पियनशीपमा स्वर्ण पदक जितिन्। वेष्ट बेंगल प्रोग्रेसिभ बक्सिंग एसोसिएशनको तत्त्वावधानमा २५-देखि २८ मईसम्म दक्षिण कलकत्ताको रासबिहारीमा आयोजित यस च्याम्पियनशीपमा ५२ किग्रा भार वर्गमा हिस्सा लिएर त्रिलेखाले स्वर्ण पदक जितिन्। दार्जीलिङ जिल्ला बक्सिंग एसोसिएशनको प्रतिनिधित्व गर्दै च्याम्पियनशीपमा हिस्सा लिन गएकी त्रिलेखाको स्वर्णिम सफलताले स्थानीय खेलप्रेमीहरूमा खुशीको माहोल देखिएको छ।










