जम्मूमा बस दुर्घटनाग्रस्त, ७ जनाको मृत्यु, ४ जना स्थिति गम्भीर

00-1-Accident-3

जम्मू: जम्मू-श्रीनगर नेशनल हाइवेमा आज (मङ्गलबार) झज्जर कोटली छेउ एउटा बस दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा जम्मू प्रशसनले सात जनाको मृत्यु भएको पुष्टि गरेको छ।
जम्मू डीसीले भने, ‘दुर्घटनामा सातजनाको मृत्यु भएको छ। गम्भीर रूपमा घाइते चारजनालाई सरकारी मेडिकल कलेज र अस्पताल स्थानान्तरित गरिएको छ। १२ अन्य घाइतेलाई स्थानीय पीएचसी पठाइएको छ। बस अमृतसरदेखि कटरा गइरहेको थियो। बसमा लगभग ७० जना थिएl’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement