सुकेपोखरीमा नि:शुल्क आँखा जाँच शिविर  

00-1-Eye-Check-up-Camp

सुकेपोखरी: सुकेपोखरी आईपीएफ चर्च अनि डीएसपीएमएस सुकेपोखरी मोटर सिन्डिकेटको सयुक्त प्रयास अनि नेत्र उपकार फाउन्डेसनको सहयोगमा सुकेपोखरी युवक संघ सार्वजनिक भवनमा दुई दिन नि:शुक्ल आँखा जाँच शिविर सम्पन्न गरियो। आइतबार अनि सोमबार गरेर आयोजित दुई दिनको शिविरमा सुकेपोखरी वरिपरिका १८६ भन्दा बढी मानिसहरूले आफ्नो आँखा जाँच गराए। प्रथम दिन ८६, दोस्रो दिन १०० भन्दा बढी मानिसहरूले आफ्नो आँखा सम्बन्धित रोग अनि समस्या बारे जाँच गराए। यस बारेमा डीएसपीएमएस सुकेपोखरी मोटर सिन्डिकेटका सभापति रबिन राईले संचारकर्मीहरुलाई सम्बोधन मार्फत शिविर बारे जानकारी दिएका छन्। उनले आउँदो दिनमा जनसाधारणको कल्याणको निम्ति यसरी नै नि:शुल्क स्वास्थ्य जाँचसँगै अन्य कार्यक्रम आयोजना गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement