दुई शताब्दी बित्यो खोलिएन रहस्य

फोटो स्रोत:  सोसियल मिडिया

दुई सय वर्षदेखि इल्लुमिनाटीको रहस्य बारेमा चर्चा हुँदै आइरहेको छ। तर, आजसम्म यसको रहस्य भने खोलिन सकेको छैन। बेला बखत इल्लुमिनाटीको चर्चा हुनेगर्छ, यस बारेमा सुन्ने सबैले नै जिज्ञासा राख्ने गर्छन्। इल्लुमिनाटीको बारेमा निक्कै रोमाञ्चक कुराहरू सुनिन्छ यसैले यसको बारेमा सयौँ लेखहरू, पुस्तकहरू लेखिएका छन्, चलचित्रहरू बनिएका छन्। वास्तवमा दुई सय वर्षदेखि इल्लुमिनाटीलाई एउटा गुप्ती रहस्यमय सङ्गठन मानिँदै आइरहेको छ। यो सङ्गठनलाई गुप्ती र रहस्यमय हुनका साथै उतिकै खतरनाक पनि मानिन्छ।

युरोपका धेरै देशहरूमा आज पनि इल्लुमिनाटी संचालनमा छ भन्ने मानिन्छ। जसले आज पनि गुप्त बैठकहरू गर्दछ भन्ने विश्वास गरिन्छ। कयौँपल्ट जब कुनै घटनाको बारेमा पत्तो लाग्दैन त्यति बेला शङ्का को सुईं इल्लुमिनाटी तर्फ घुमाइन्छ। तर आजसम्म यसको न त कुनै रहस्य खोलिन सकेको छ न त यसका सदस्यहरू नै  पहिचान गर्नसकेको छ। इल्लुमिनाटीको न त कुनै खासै पत्तो छ न त कुनै ठेगाना। आजसम्म पनि इल्लुमिनाटीको बारेमा अध्ययन भइरहेको छ, शोधकार्य पनि भइरहेको छ। के वास्तवमा साँच्चै नै इल्लुमिनाटी भन्ने कुनै गुप्ती सङ्गठन छ? के यो कुनै एक व्यक्तिको व्यक्तिगत कल्पनाको उपज मात्र हो? यदि छ भने दुई सय वर्षसम्म यसको रहस्य खोलिन नसक्नु, यसको एउटै पनि सदस्यको सुराक लाग्न नसक्नुको कारण के हुनसक्छ? समग्र विश्वमा यसको उद्देश्य के हो? कुन वर्गका अनि कस्ता व्यक्तिहरू यसका सदस्यहरू हुन्छन्? यस्तै प्रश्नहरू सबैको जिज्ञासा बन्दै आएको छ।

फोटो स्रोत: सोसियल मिडिया

इल्लुमिनाटी वास्तविक रूपमा होस् या नहोस् यसलाई समग्र विश्वभरकै अति रहस्यमय भूमिगत सङ्गठनको रूपमा मानिँदै आइरहेको  छ।  भनिन्छ यस सङ्गठनसित विश्वका धनाढ्या, शक्तिशाली, चर्चित व्यक्तिहरू, सेलिब्रिटीहरू यसका सदस्य हुन्छन्। इल्लुमिनटीका बारेमा सबैले कयौँ किसिमका आआफ्नै विचारहरू उजागर गर्ने गरेका छन्। कतिले यस सङ्गठनलाई शैतानको मार्ग अप्नाएर शैतान लुसिफरको पूजा गर्ने समूह भन्ने गरेका छन्।

इल्लुमिनाटीको उद्गल स्थल जर्मनीको बावरियामा अवस्थित एउटा सानो शहर इङ्गोल्स्तादलाई मानिन्छ। यसै शहर इङ्गोल्स्तादबाट यहाँका विश्वविद्यालयका प्राध्यपक एडम विशप्टले १ मई १७७६ मा क्लबको रूपमा इल्लुमिनाटीको शुरुआत गरेका थिए। उनले यस सङ्गठनको नाम ‘द् अर्डर अफ् इल्लुमिनाटी’ राखेका थिए, जो पनि यसका सदस्य हुन्छन् उसले यसलाई गोपनीय राख्नुपर्छ। यसले गर्दाखेरि नै यसको सङ्गठनको गतिविधि, कार्यप्रणाली, सदस्यता, बैठक सबै नै पूर्ण रूपले गोप्य राखिँदै आएको भन्ने विश्वास रहेको छ।  इल्लुमिनाटीको बारेमा प्राध्यापक एडम विशप्टले पुस्तक पनि लेखेका छन्। यसमा उनले इल्लुमिनाटी स्थापना गर्नु परेको बारेमा लेखेका छन्। उनको हातले लेखिएको सो पुस्तक आज पनि सङ्ग्राहलयमा सुरक्षित राखिएको छ, तर पुरानो हुँदै गएको हुनाले यसका पृष्ठहरूको रङ् उडिसकेको छ।

    इल्लुमिनाटीको बारेमा हजारौँ भनाइहरू, हजारौँ विचारहरू छन्। तर, वास्तविकता के हो? यस बारेमा कुनै ठोस् प्रमाण भने छैन। जे जस्तो भए पनि इल्लुमिनाटीको बारेमा सबै चर्चाहरू अति नै चाखलाग्दा र रोमाञ्चित किसिमका छन्। इल्लुमिनाटीसित संलग्न रहेका सदस्यहरूको पहिलो कर्तव्य हुन्छ यसको बारेमा सबै कुरा गोप्य राख्नु, आफ्ना सहयोगी सदस्यहरूको सबै परिचयलाई गोप्य राख्नु, सङ्गठनको योजनाअनुसार गरिने सबै कार्यहरू अति गोप्य राखेर गर्नु रहेको छ। यसैले प्राध्यापक एडम विशप्टले ‘द् अर्डर अफ् इल्लुमिनाटी’ नाम राखेको हुनसक्छ। इल्लुमिनाटीको बारेमा कतिको भनाइ अनौठो किसिमका छ भनिन्छ आफ्नो आत्मा शैतान लुसिफरलाई सुम्पिएर कालो जादु प्रयोग गर्नु र यसको सहयोग लिनु हो। यस्तो सुन्दा कुनै चलचित्र जस्तो पनि लाग्छ।

इल्लुमिनटीका सदस्यहरूको मुख्य उद्देश्य बेग्लै संसार निर्माण गर्न अर्थात ‘द् अदर वर्ल्ड’ यसमा सबै मानिसहरू एक समान हुनुपर्छ भन्ने रहेको पनि कतिको भनाइ छ। यसै कारण यस सङ्गठनमा केवल धनाढ्या, शक्तिशाली व्यक्तिहरू र सेलिब्रिटीहरू मात्र सदस्य हुन्छन् भन्ने भनाइ सबैभन्दा बढी रहेको छ। इल्लुमिनाटीका सदस्यहरूले जे गर्छन् त्यस्तै अन्य साधारण पनि मानिसहरूलाई त्यस्तै गर्न लगाउन आफ्ना सदस्यहरूलाई सिकाएको हुन्छ। अर्थात यदि कुनै स्टार सेलिब्रेटी इल्लुमिनाटीका सदस्य छन् भने उसले जस्तो गर्छन् त्यस्तै उनका फ्यान्सहरू अर्थात प्रशंसकहरूलाई पनि गर्न लगाउने बनाउँछन्।

इल्लुमिनाटीको चिन्ह एउटा त्रिकोणमा एउटा आँखा भएको छ, जसलाई शैतानको आँखा भन्ने   गरेको छ। विश्वभरका प्रायः धनाढ्या शक्तिशाली मानिसहरू, प्रख्यात सेलिब्रिटीहरू कोही न कोही एकजना इल्लुमिनाटीको सदस्य हुन्छन् अनि अप्रत्यक्ष रूपमा यसको प्रचार गर्छन् भन्ने धेरैको दाबी रहेको छ। उनीहरू कहिले पनि कसैलाई पनि इल्लुमिनाटीको सदस्य हुनु पनि भन्दैनन् तर केवल यसको चिन्हद्वारा प्रचार गर्छन्।

इल्लुमिनाटीलाई एक अति नै सबैभन्दा गोप्य भूमिगत खतरनाक सङ्गठन मानिन्छ। कारण यससित जोडिएका सदस्यहरू कहिले पनि कसैलाई यसको सदस्य रहेको बताउँदैनन्। दुई सय वर्ष भन्दा अघिदेखि चर्चाको विशय बन्दै आएको यस सङ्गठनलाई कसले संचालन गर्छन्? यसको प्रमुख नाइके को हुन्? आजसम्म खुलासा हुनसकेको छैन। इल्लुमिनाटीको सङ्गठनको बारेमा यदि कुनै सदस्यले बाहिर कसैलाई केही पनि बताए वा बताउने कोषिष गरे उसको  हत्या गरिन्छ भन्ने कतिपय शोधकर्ताहरूको भनाइ छ।

भनिन्छ यस सङ्गठनसित जोडिएका मानिसहरू समग्र विश्वभरमा आफ्नो शासन जमाउन चाहन्छन्। कतिको दावीअनुसार विश्व युद्धको कारणमा पनि इल्लुमिनाटी नै रहेको छ। यस सङ्गठनमा सामेल भएका सदस्यहरू अति नै धनाढ्या पुँजीपति साथै शक्तिशाली व्यक्तिहरू  हुन्छन्। इल्लुमिनाटीका यस्ता सदस्यहरूको काम हुन्छ मानिसहरूमा एकअर्का बीचमा लडाई गराउनु र विभाजन गराउनु अनि रूपियाँको लालच देखाएर आफ्नो सङ्गठनमा सामेल गराउनु।

यसका सदस्यहरू आफ्नो पहिचान बताउँदैनन्। इल्लुमिनाटीसित सम्बन्धित रहेका कुनै पनि व्यक्तिले यसको सदस्य रहेको बताउँदैनन्। यस सङ्गठनमा कसैले सदस्यता लिएपछि उसलाई यस बारेमा कसैलाई केही नबताउने प्रतिज्ञा गर्न साथै कसम खान लगाइन्छ। यदि सङ्गठन, यसका सदस्यहरू र आफू यसको सदस्य रहेको बारेमा कसैलाई केही बताउने कोशिश गरे हत्या गर्ने कडा चेतावनी दिएको हुन्छ।

इल्लुमिनाटीको सदस्य बन्नलाई आफ्नो आत्मालाई शैतान लुसिफरलाई समर्पित गर्नुपर्छ भन्ने धेरैको भनाइ छ। अर्थात मृत्युपछि शैतानलाई समर्पित गरिन्छ भनिन्छ। जसले यस्तो कार्य गर्नुसक्छ उसले आफ्नो कार्यमा सफलता पाउँछन् भन्ने धरणा बारेमा उल्लेख गरिएको  पाइन्छ। अन्य मानिसहरूको तुलनामा यसका सदस्यहरूको जीवन चाँडै सफल हुन्छ। इल्लुमिनाटीमा ठूला ठूला शक्तिशाली नेता, सेलिब्रिटी अभिनेता-अभिनेत्री, गायक-सङ्गीतकार, उद्योगपति, सेलिब्रिटी खेलाडी, धर्म गुरू, ब्याङ्करहरू लगायत अन्य शक्तिशाली व्यक्तिहरू सदस्य हुन्छन् भन्ने कयौँ लेखहरूमा उल्लेख गरिएको छ। इल्लुमिनाटीमा यस्तै सर्वोच्च सफलता प्राप्त गरेका व्यक्तिहरूलाई प्रमुखता दिन्छ भन्ने उल्लेख गरिन्छ।

सङ्गीत संसारमा विश्वका लोकप्रिय सेलिब्रिटी माइकल ज्याक्सनको मृत्यको रहस्य बारे चर्चा हुँदा इल्लुमिनाटीको नाम पनि अघि आएको थियो। माइकल ज्याक्सनले आफू इल्लुमिनाटीको सदस्य भएको उजागर गरेका थिए, र यसपछि उनको मृत्यु रहस्यमय ढङ्गमा भएको भन्ने चर्चा चलेको थियो। अमेरिकी राष्ट्रपति जोहन क्यानडीको हत्यामा पनि इल्लुमिनाटी तर्फ नै शङ्काको सुइँ घुमाइएको थियो। कतिले त ११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएको हमला शङ्का पनि इल्लुमिनाटी तर्फ गरेको थियो। यस्तै भिडियो गेम र ब्लु ह्वेल र मोमो गेमले भएको रहस्यमय मृत्युको कारण र यो गेममा इल्लुमिनाटी तर्फ पनि घुमाइएको थियो। 

सन् २००० मा डेन ब्राउनको उपन्यास ‘एन्जेल्स एण्ड डेमन्स’को कारणले इल्लुमिनाटीको निक्कै चर्चा भयो। यसै उपन्यासको हलिवुडमा चलचित्र बनियो र झनै बढी इल्लुमिनाटीको चर्चा भयो। आज इङ्गोल्स्तादमा प्राध्यापक विशप्ट र इल्लुमिनाटीसित जोडिएको इतिहास बारे मानिसहरूलाई परिचित गराउन पत्रकार माइकल क्लार्नरले त्यहाँ काम गरिरहेका छन्। बाहिरबाट इङ्गोल्स्तादमा आउने मानिसहरूलाई माइकल क्लार्नरले ‘इल्लुमिनाटी वक’मा लैजान्छन्। उनीहरूलाई सङ्गठन साथै यसको उद्देश्य बारेमा बताउँछन्। इल्लुमिनाटीको उद्भव स्थल इङ्गोल्स्ताद शहर ब्रिटिश लेखिका मेरी सेलीको उपन्यास ‘फ्राङ्केस्टीन’का कारणले पनि धेरै चर्चामा रहेको छ। आज पनि इल्लुमिनाटीको रहस्य खोल्ने र अस्तित्व खोज्ने कार्य निरन्तर चलिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement