गान्तोक। पश्र्चिम बंगालको रम्फू फरेस्ट ब्लकको साङगसे ग्राम पञ्चायत इकाई अन्तर्गत देवेन प्राइमेरी स्कूलमा महिनावारी स्वच्छता, बाल संरक्षण र ङ्गोहोर व्यवस्थापन सम्बन्धी एक दिवसीय सचेतना शिविर आयोजना गरिएको थियो। साङ्से जिपीका पदाधिकारीहरू, विभिन्न सामाजिक संस्थाका सदस्यहरू, एसएचजी, आशा कार्यकर्ता, स्थानीय बासिन्दा, स्कूलका विद्यार्थी र शिक्षकहरू, सभापति डोमा प्रधान र भीसीटी सदस्य सचिन तामाङको उपस्थितिबीच सम्पन्न भएको हो।

उपस्थित स्रोतवक्ताहरूले महिनावारी स्वच्छता, बाल संरक्षण र अन्य सम्बन्धित विषयहरूमा विशेष रूपमा आफ्नो विचार प्रस्तुत गरे। स्रोतवक्ता र बासिन्दाहरूबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजित गरिएको थियो।










