गान्तोक। लायन्स क्लब अफ् गान्तोक ग्रीन्सले क्लबका अध्यक्ष अनिमा सारडाको गतिशील नेतृत्वमा क्लबको पहिलो वार्षिक फेलोसीप मिट गान्तोकको रांका रोडको एक होटलमा आयोजना गर्यो। यस अवसरमा जोन अध्यक्ष लायन्स क्लब इन्टरनेशनलका सञ्जय अग्रवाल र जिल्ला अध्यक्ष सत्यनारायण बंसलको बाहुलीबाट से नो प्लास्टिक अभियान पोस्टरको औपचारिक शुभारम्भ गरियो। क्लबका सचिव लायन पवित्र भट्टराईले प्लाष्टिकको प्रयोगबाट हुने खतराबारे सचेतना फैलाउने अभियान अन्तर्गत राज्यका विभिन्न स्थानहरुमा उक्त पोस्टर लगाइनेबारे बताइन्। आज गान्तोक एमजी मार्गबाट जनचेतनाको सुरुवात गरिएको छ। वार्ड पार्षद सन्दीप मालुले टोली सदस्यहरूलाई प्रोत्साहिन गरे।









