गुरूङ एसोसिएशन अफ् सिक्किमको महत्वपूर्ण बैठक सम्पन्न

IMG-20230529-WA0330.jpg

सोरेङ: गुरुङ एसोसिएसन अफ् सिक्किम (गुराँस)-को तत्वावधानमा आइतबार देन्ताममा महत्त्वपूर्ण सभा सम्पन्न भयो। सभाको अध्यक्षता पूर्वमन्त्री मोहन गुरुङले गरेका थिए।

सभामा गुरुङ (तमु) भाषाको वर्तमान स्थिति र विकासमाथि परिचर्चा भयो। सरकारले गुरुङ भाषालाई स्कूले शिक्षामा बढोत्तरी गरेर बाह्रौं श्रेणीको सीबीएसई-को पाठ्यक्रममा समावेश गरिदिएकोमा एसोसिएशनले मुख्यमन्त्री पीएस गोलेलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेको छ। गुरुङ भाषालाई दसौं श्रेणीसम्म अघिबाटै समावेश गरिएको थियो भने अब सीबीएसई अन्तर्गत बाह्रौं श्रेणीमा समावेश गरिने भएको छ। अहिले एफिलेसनको कोड नम्बर प्राप्त गर्नको निम्ति कार्य भइरहेको छ। यसै विषयमा गुरुङ एसोसिएशन अफ् सिक्किमको तत्वावधानमा गत २० मईको दिन गान्तोकमा राज्यका गुरुङ शिक्षकहरुलाई लिएर आयोजित कार्यक्रमबारे एसोसिएशनका अध्यक्ष पीएम गुरुङले सभामा बिस्तृत रूपमा जानकारी गराए। गुरुङ भाषाको उन्नति र विकासमा गुरुङ शिक्षक/शिक्षिकाहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सभामा सुझाउ दिएको थियो। सरकारले गुरुङ भाषालाई पनि हालै सीबीएसई-को पाठ्यक्रममा समावेश गरिदिएर सराहनीय कार्य भएको अनि गुरुङ जातिले पनि अब आफ्नो भाषाको विकासको क्षेत्रमा गम्भीरतापूर्वक कार्य गर्नुपर्ने विषयमा पनि चर्चा भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement