मुख्यमन्त्रीले गरे केन्द्रीय मन्त्री र उपचारधीन रोगीहरूसँग भेट

verma_21

गान्तोक: देशको राजधानी नयाँ दिल्लीको आधिकारिक भ्रमणको क्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय सहकारिता (डोनर) राज्यमन्त्री बीएल बर्मासँग भेट गरे। यस सौहार्द्रपूर्ण भेट अवधि दुवैमाझ सिक्किममा केन्द्र सरकारको पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयको विकासात्मक पहलहरूबारे संक्षिप्तमा छलफल गरेको जानकारी गराइएको छ।

यसअघि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो नयाँ दिल्लीमा उपचाराधीन राज्यका विरामीहरूसँग भेट गरेर उनीहरूको अवस्था बुझ्ने कार्य गरे। मुख्यमन्त्री तामाङले स्वयं विरामी अनि उनीहरूको परिवारका सदस्यहरूसँग भेट गरेर उपचारबारे जानकारी लिए। यस अवधि मुख्यमन्त्री तामाङले आवश्यकता परेको खण्डमा राज्य सरकारको तर्फबाट थप सहयोग पुऱ्याउने वचन दिए। उनले विरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। अर्कोतिर, यसरी आफूहरूलाई दुःखको समयमा मुख्यमन्त्री स्वयं अभिभावक बनिदिएकोमा विरामी अनि उनीहरूको आफन्तहरूले मुख्यमन्त्री पीएस गोलेप्रति कृतज्ञता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement