गान्तोक: सोरेङदेखि सिलिगुडीतर्फ गइरहेको एसके- ०२जे-०९८४ भएको ट्याक्सी वाहन दुर्घटनामा परेको छ। उक्त घटना आज बिहान साढे ६ बजी भएको जानकारी प्राप्त भएको छ। आज विहान एनटीपीसी फाटक बुदाङमा उक्त वाहन दुर्घटना भएको हो। दुर्घटनामा वाहन चालक पासाङ लेप्चा सिकिस्त घाइते बनेका छन्। उनलाई जोरथाङ अस्पतालमा प्राथमिक उपचार पछि गान्तोक अस्पताल रेफर गरिएको छ। घटनाको समय वाहन चालक लेप्चा मात्रै अमलाको पत्ता लिएर सिलगढीतर्फ गइरहेको थियो। घटनाको मूल कारण थाहा लाग्न सकेको छैन।










