अलिपुरद्वार: उत्तरबंग राष्ट्रिय परिवहन संस्थाको तर्फबाट आजदेखि दुईवटा सरकारी बस परिसेवा अलिपुरद्वार जिल्लाको जयन्ती चियाकमानबाट शुरू गरियो। तीमध्ये एउटा बस जयन्ती चियाकमानदेखि अलिपुरद्वार हुँदै मालबजार, सिलगढी आइपुग्नेछ, फेरि सिलगढीबाट अलिपुरद्वार हुँदै जयन्ती चियाकमान जानेछ। यसैगरी, अर्को बस जयन्ती चियाकमानदेखि हातिपोता हुँदै अलिपुरद्वार र अलिपुरद्वारदेखि पुनः हातिपोता हुँदै जयन्ती चियाकमान जानेछ। एनबीएसटीसीका चेयरम्यान पार्थ प्रतिम रायले आज जयन्ती चियाकमानमा यी दुवै बस परिसेवाको आधिकारिक रूपमा शुभारम्भ गरे। यस अवसरमा जिल्ला परिषदका सभाधिपति शीला दास सरकार सहित अन्य उपस्थित थिए।









