कङ्ग्रेसका एकमात्र विधायक बायरन विश्वास तृणमूल-मा सामेल

IMG-20230529-WA0322.jpg

सिलगढी: कङ्ग्रेसका एकमात्र विधायक बायरन विश्वासले आफ्नो पार्टी छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्।सागरदिघी आसनबाट कङ्ग्रेसको टिकटमा तिनले चुनाउ जितेका थिए। सो आसनमा तिनले वाम दलको समर्थन पनि पाएका थिए। यसैले गर्दा नै तिनले तृणमूल कङ्ग्रेसका प्रत्याशीलाई विपुल मतको अन्तरले पराजित गरेका थिए। तर आज तिनले तृणमूल कङ्ग्रेसका महासचिव अभिषेक ब्यानर्जीको बाहुलीबाट तृणमूलको झण्डा समाए। बायरन विधानसभामा एकमात्र कङ्ग्रेस विधायक थिए। यसैले तिनी दल-बदल विरोधी कानुनको दायरामा पर्ने छैनन्। सागरदिघी उपचुनाउको परिणाम २ मार्चमा घोषणा गरिएको थियो। तृणमूल उम्मेद्वार देवाशीष ब्यानर्जीले चुनाउमा पराजयको सामना गर्न परेको थियो। बायरन विश्वास २२ हजार मतले जितेका थिए। २०११ देखि तृणमूलले यस आसनमा जीत दर्ता गरिरहेको थियो। सागरदिघी सीट कङ्ग्रेसले पाएपछि नेता उत्साहित थिए तर आज बायरन तृणमूलमा सामेल भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement