दिल्लीको बीच सड़कमा १६ वर्षीया बलिकाको निर्मम हत्या, मानिसहरू बने मूकदर्शक

Crime

नयाँ दिल्ली: देशको राजधानी दिल्लीमा निर्मम हत्याको मामिला अघि आएको छ। बाहिरको उत्तरी जिल्ला अधिनस्थ शाहबाद डेरी क्षेत्रमा १६ वर्षीया बालिकालाई साहिल नामक एक व्यक्तिले चक्कुले ४० भन्दा बढी प्रहार गरेर हत्या गरेको छ। त्यतिले मात्र नपुगेर उनीमाथि ढुङ्गाले पनि कैयौंपटक प्रहार गरियो। यस घटनाको भीडियो भायरल भइरहेको छ, जुन विचलित पार्ने किसिमको छ।

भीडियोमा सम्पूर्ण घटनालाई देखाइएको छ। त्यस व्यक्तिले बालिकामाथि प्रहार गरिरहेको समय वरपरबाट धेरैजना मानिसहरू गुज्रिरहेका थिए, तर उनको चित्कार, पुकार सुनेर पनि कसैले उसलाई बचाउने प्रयास गरेन। पूरा भीडियो १.२६ मिनटको छ। हत्याको आरोप साहिलमाथि लागेको छ। पुलिसअनुसार साहिल र बालिकामाझ मित्रताको सम्बन्ध थियो, तर आइतवार राति यिनीहरूबीच झगड़ा भएको थियो। पुलिसले बताएअनुसार आइतबार साँझ युवती नितु नामक एक मित्रको छोराको जन्मदिन पार्टीमा गइरहेको बेला साहिलले उसलाई रोकेर चक्कुले प्रहार गऱ्यो। लगभग ४० पल्टसम्म चक्कुले प्रहार गरेपछि ढुङ्गाले पनि कुच्चायो। हाल आरोपी साहिलले सुइँकुच्चा ठोकेको छ। पुलिसले उसलाई खोजिरहेको छ। यहाँ विडम्बनाको कुरा के देखियो भने साहिलले ती बालिकामाथि लगातार प्रहार गर्दा पनि वरपरका मानिसहरू मुकदर्शक भएर हिँड़िरहेको देखियो। यो भीडियोले कानून-व्यवस्थासँगसँगै नवनिर्माणाधिन समाजमाथि पनि गम्भीर प्रश्न उठाउँछ।

पुलिसका अनुसार, जाँचबुझमा थाहा लागेको छ, आरोपी साहिलको युवतीसित झगड़ा भएको थियो जसकारण साहिल रिसाएको थियो। उसले युवतीलाई ज्यानमारा धम्की पनि दिएको थियो। आइतवार राति युवती आफ्नो साथीको छोराको जन्मदिनको पार्टीमा गइरहेको बेला बाटोमा हमला गरी हत्या गऱ्यो। शाहबाद डेयरी थानामा आईपीसीको धारा ३०२ अन्तर्गत आरोपीविरूद्ध एफआईआर दर्ता गरिएको छ। उक्त घटनालाई लिएर दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालले ट्वीट गरेकी छन्, ‘दिल्लीको शाहबाद डेरीमा एक बालिकालाई चक्कुले पटक-पटक हमला गरेर मारियो, त्यसपछि ढुङ्गाले पनि हिर्काइयो। दिल्लीमा राक्षसहरूको मनोबल बढ़्दो छ। पुलिसलाई नोटिस जारी गरिँदैछ। सबै सीमा पार भएको छ। मैले आफ्नो यतिको वर्षको करियरमा योभन्दा भयानक केही पनि देखेको छुइनँl’ यसरी नै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गरी भने, ‘दिल्लीमा खुल्ला रूपमा एक बालिकाको हत्या गरिन्छ। यो अत्यन्त दुःखदायी र दुर्भाग्यपूर्ण छ। अपराधीलाई कुनै डर छैन, पुलिसलाई कुनै डर छैन। एलजी साहेब, कानून व्यवस्था तपाईको जिम्मेवारी हो, केही गर्नुहोस्। दिल्लीका मानिसहरूको सुरक्षा सबैभन्दा महत्वपूर्ण छl’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement