गान्तोकः सिङताम अनि वरिपरी बिजुलीको समस्यालाई लिएर आज उर्जा मन्त्री एमएन शेर्पाको उपस्थितिमा एक बैठक सम्पन्न गरियो। स्थानीय सामुदायिक हलमा आयोजित बैठकमा उर्जा विभागका सचिव, विभागका अधिकारीहरू, सिङताम नगर पञ्चायतका पार्षदगण र सिङतामका जनसाधारण उपस्थित थिए।
बैठकमा बिजुलीको समस्यालाई लिएर स्थानीय मानिसहरूले मन्त्री अनि विभागीय अधिकारीहरू समक्ष आफ्ना गुनासोहरू राखे। बैठकमा यस समस्याको समाधानको निम्ति यस क्षेत्रमा उर्जा आपूर्तिको वैकल्पिक स्रोतको आवश्यकता रहेको कुरा अघि आयो। मन्त्री शेर्पाले चॉंडोभन्दा चॉंडो यस समस्याको समाधान गर्ने र महिनाभित्र काम शुरू गर्ने आश्वासन दिए। उनले वैकल्पिक उर्जा आपूर्ति सुनिश्चित भएपछि निर्बाध उर्जा आपूर्ति हुनेछ भनी बताए। उनले सिङतामका विभिन्न ठाउॅंहरूको पनि भ्रमण गरे।
-हिस









