दिल्लीको आधिकारिक भ्रमणपछि मुख्यमन्त्री फर्किए

cmsp_632

गान्तोकः केही दिनको आधिकारिक दिल्ली भ्रमणपछि मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सिक्किम फर्किए। दिल्लीको भ्रमणका क्रममा मूख्यमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको भारतीय संसदको नयाँ भवनको उद्घाटन समारोहमा सहभागी बनेका थिए। यसैक्रममा मुख्यमन्त्री नीति आयोगको गभर्निङ काउन्सिलको आठौं बैठकमा पनि सहभागी बनेका थिए।

यसअघि मुख्यमन्त्रीले दिल्लीमा केन्द्रिय पृथ्वी विज्ञान मन्त्री किरेन रिजिजु र डोनर, सहकारिता राज्यमन्त्री बीएल वर्मासित पनि भेटघाट गरे। सिक्किम फर्कने क्रममा बागडोगरा बिमानस्थलमा मुख्यमन्त्रीले दार्जीलिङका सांसद राजु विष्टसित पनि भेट गरेका थिए। यस भेटको क्रममा मुख्यमन्त्रीले दार्जीलिङका जनताप्रति न्यानो अभिवादन व्यक्त गरे। बागडोगरा विमानस्थलमा मुख्यमन्त्रीलाई सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री बीएस पन्त र प्रोटोकल युनिट, सिलगढीका अधिकारीहरूले हार्दिक स्वागत जनाएका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement