जयन्ती र हात्तीपताबाट एनबीएसटीसी बस परिसेवा आरम्भ

ad47731f-408a-4081-ae8c-23a0e3cf32ec

कालचिनीः कुमारग्राम खन्ड अधीनस्थ पर्ने जयन्ती चियाबारी र हात्तीपताबाट सोमबारदेखि एनबीएसटीसीको दुईवटा बस परिसेवा आरम्भ भएको छ। सोमबार यस परिसेवाको उद्घाटन तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईक, एनबीएसटीसीको चेयरम्यान पार्थ प्रतिम राय लगायत अलिपुरद्वार जिल्ला परिषदको सभाधिपति शीला दास सरकार, तृणमूल जिल्ला चेयरम्यान मृदुल गोस्वामी एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
जयन्ती र हात्तीपताको जनसाधारणलाई सिलगढ़ी र अलिपुरद्वारसम्मको यातायात परिसेवा प्रदान गर्न पाउँदा धेरै खुसी लागेको एनबीएसटीसीको चेयरम्यान पार्थ प्रतिम रायले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement