सिलगढी: दिल्लीमा आन्दोलनरत पहलवानहरूमाथि पुलिसको अत्याचार तथा तिनीहरूलाई पक्राउ गरेको प्रतिवादमा आज सिलगढीमा दार्जिलिङ जिल्ला एसएफआई र डीवाईएफआई-ले एउटा रेली निकालियो ।दिल्लीमा यौन उत्पीडनको विरोधमा पहलवानहरूले आन्दोलन गरिरहेका छन्। हिजो आन्दोलनकारी पहलवानहरूको कार्यक्रमलाई लिएर जन्तर-मन्तरमा उत्तेजनाको माहौल देखापर्यो। पुलिसले केही पहलवानहरूलाई पक्राउ पनि गरेको छ। आज यस घटनाको विरोध तथा पुलिस विरुद्ध विविध अभियोग लगाउँदै सिलगढीमा वामफ्रन्टको दलीय कार्यालय अनिल विश्वास भवन अघिबाट दार्जिलिङ जिल्ला एसएफआई र डीवाईएफआई-ले एउटा रेली निकालेर सहरको मुख्य सडकहरूको परिक्रमा गरेर हासमी चोक हुँदै पुनः अनिल विश्वास पुगेर समापन गर्यो।








