एउटा खुट्टा टेकेर केही बेर उभिने बानी गर्नु आवश्यक पर्दो रहेछl यदि छैन् भने पनि यस्तो बानि बसाल्नु पर्ने रहेछl कारण एउटा अध्ययनका अनुसार कम्तीमा १० सेकेन्ड एउटा खुट्टामा उभिन नसक्ने वयस्क व्यक्तिमा मृत्युको जोखिम हुने गर्छ। ब्रिटिश जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनमा यस्तो दाबी गरिएको छ। बिनासहयोग उभिनेभन्दा साधारण सन्तुलन परीक्षणको साथ संघर्ष गर्ने स्वयंसेवकहरूमा आउँदो १० वर्षमा मृत्यु हुने सम्भावना ८४ प्रतिशत रहेको अन्वेषकहरूले बताएका छन्। सन् २००९ मा ब्राजिलमा ५० वर्षभन्दा माथिका १७०२ व्यक्तिहरूमा गरिएको फिटनेस र स्वास्थ्यको अध्ययनबाट उक्त परिणाम आएको छ। सहभागीहरूलाई एउटा खुट्टा उठाएर जमिन नछोइकन तल्लो खुट्टाको पछाडि राख्न भनिएको थियो। त्यस्तै, आफ्ना हातहरू छेउमा राखेर अगाडि हेर्न भनिएको थियो। सहभागीलाई तीन पटकसम्म त्यसो गर्न भनिएको थियो। पाँच जनामध्ये एकजना परीक्षणमा फेल खाएका थिए। फेल खानेहरु कमजोर स्वास्थ्य अवस्थाका थिए। विश्वभर लडेर हरेक वर्ष ६ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ। अनुसन्धानकर्ताहरूका अनुसार १० सेकेन्डको परीक्षणले मात्र जोखिममा परेकाहरूलाई सजिलैसँग पहिचान गर्न मद्दत गर्न सकिन्छ।










