कालचिनीः जंगलबाट गाउँभित्र पसेको एउटा जंगली अर्ना भैँसीको मृत्यु भएको घटनाले खैलाबैला मच्चिएको छ। प्राप्त जानकारी अनुसार आइतबार मध्यरात्रि एउटा अर्ना भैँसी साताली मन्डलपाड़ा गाउँमा पसेर यताउता दौड़ी रहँदा गाउँलेहरूले यसको जानकारी बन विभागलाई दिएको थियो। घटनास्थलमा बनकर्मीहरू पुगेर उक्त अर्ना भैँसीलाई जंगल धपाउन खोज्दा पनि नसकेपछि बनकर्मीहरूले अन्ततः अर्ना भैँसीलाई बिहोस गर्ने सुईले ट्र्यान्कुलाइज गरेको थियो। यद्यपि उक्त अर्ना भैँसी यताउति बेसी दौड़ेर गाउँको एउटा झुँड़मा बिहोस भएर बसेको थियो। तर दुर्भाग्यवश उक्त अर्ना भैँसीको मृत्यु भएको बनकर्मीहरूले जनाएका छन्।
अर्ना भैँसीको मृत्यु बेसी दौड़धुपले भएको हुनसक्ने र उक्त अर्ना भैँसी बुढ़ो भएकोले पनि हुनसक्ने तर पोस्टमार्टम रिपोर्टले मात्र मृत्युको खास कारण जान्न सकिने बन विभागले जनाएका छन्।









