प्राथमिक पाठशाला बचाउनु सके मात्र नेपाली भाषा बचाउनु सकिन्छ अनि भाषा बचाउनु सके जाति पनि बाँच्छ: अनित थापा

IMG-20230529-WA0239.jpg

मिरिक: मिरिक खण्ड अन्तर्गत मञ्जु चियाबगान, सौरेनीमा अवस्थित मञ्जु प्राथमिक विद्यालयमा जीटीए प्रमुख कार्यपाल अनित थापाले स्मार्ट क्लासको उद्घाटन गरेका छन्। उदघाटनको समय अनित थापाले घोषणा गर्दै भने, “दार्जिलिङमा शिक्षा भवन स्थापना गर्दैछौं। एउटै भवनभित्र शिक्षक अनि शिक्षा सम्बन्धी काम हुनेछ।”
प्राथमिक शिक्षाको महत्वमाथि प्रकाश पार्दै उनले भने, “प्राथमिक शिक्षा हामीले बचाउनुपर्छ। अभिभावकहरुको आत्मविश्वास जितेर नै अभिभावकहरुले आफ्ना नानीहरूलाई सरकारी पाठशाला पठाउनेछन्।”
उनले अझ भने, “सबै पाठशाला अंग्रेजी माध्यमको भएको छ। केवल प्राथमिक पाठशालामा नेपाली भाषामा शिक्षा दिइन्छ।प्राथमिक विद्यालयमार्फत् मात्र हाम्रो भाषा बाँच्न सक्छ। हामी प्राथमिक पाठशाला बचाउनु सक्षम भयौं भने समाज बचाउनु सकिन्छ, हाम्रो भाषा बचाउनु सक्छौं। प्राथमिक पाठशालाको सुरक्षा गर्ने लड़ाई वैचारिक लड़ाई हो।”

मञ्जु प्राथमिक पाठशाला त्यही नमूना पाठशालाहरुमध्ये एउटा रहेको सभासद अरुण सिक्ची बताउँछन्। स्मार्ट क्लासमा नयाँ डेस्क अनि बेञ्च, कम्प्युटर जडान आदि गरिएको छ। अब नानीहरुले कम्प्युटरको माध्यमबाट शिक्षा आर्जन गर्नेछन्। सरकारी विद्यालयहरुमा स्मार्ट क्लास सुरु गरिएको यो पहिलो पाठशाला हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement