खरसाङ नर्सेस युनिटको सभा सम्पन्न

IMG-20230529-WA0312.jpg

खरसाङ: खरसाङको गोर्खा जन पुस्तकालय भवनमा नर्सेस युनिटको एउटा सभा सम्पन्न भएको छ। यस सभामा विशेषत: कलकत्ताबाट दुईजना नर्सेस एक्टीभिष्ट भास्वती मुखर्जी अनि संचिता सुत्रधरको उपस्थिति रहेको थियो। नर्सहरूको तलब उनीहरूको डिप्लोमा अनुसार नभएकोले विषयमाथि भईरहेको आन्दोलनलाई विस्तारपूर्वक कलकत्ताबाट आएका संग्रामीहरूले बताएका थिए।
यसै सभामा राज्यकी मुख्यमन्त्रीको बयान “१५ दिनमा नर्स तयारी बनाउनुपर्छ” भन्ने मन्तव्यको भर्त्सना गर्दै आगामी दिनमा यसको प्रतिरोध गर्ने निर्णय लिइएको जानकारी खरसाङ महकुमा अस्पतालको नर्स तारा छेत्रीले बताएकी छन्। आज भएको सभामा कलकत्ताबाट आएका प्रतिनिधि, मिरिक, घैयाबारी, बागौडा अनि खरसाङबाट धेरै मात्रामा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसको साथै सीएचओहरूको पनि उपस्थिति रहेको थियो। यस सभालाई नर्स तारा छेत्री अध्यक्षा,नर्सेस युनिट,खरसाङले सञ्चालन गरेकी थिइन्। सभामा एसबी दे टीबी सेनिटोरियमबाट पनि धेरै प्रतिनिधिहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement