माछा बोकेको एउटा ट्रक अनियन्त्रित भएर पल्टियो

IMG_20220623_212444.png

सिलगढ़ी। आज माछा बोकेको एउटा ट्रक अनियन्त्रित भएर पल्टिन्दा त्यहाँ माछा टिप्ने मान्छेहरूको भीड़ लाग्यो। उक्त ट्रक आन्ध्र प्रदेशदेखि सिलगढ़ीतर्फ आउँदा, घोषपुकुर टोल टाएक्स सलंग्न फ्लाईओभारमा अनियन्त्रित भएर पल्टियो। जसमा चालकसहित अन्य एकजना घाइते भएको जानकारी छ। घाइतेहरूलाई उत्तर बंगाल मेडिकल कलेजमा चिकिस्ताको निम्ति लगिएको बताइएको छ। घटनापछि माछा टिप्ने आउने मानिसहरूको ओइरो लागेको देखियो। घटनाको खबर पएर घोषपुकुर आउटपोस्ट पुलिस घटनास्थल पुगेर ट्रकलाई उद्धार गरी थानामा लगेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement