५ जूनमा मकाउटले विश्व पर्यावरण दिवस मनाउने

00-1-Capture-1

कोलकाता: मौलाना अबुल कलाम आजाद युनिभर्सिटी अफ टेक्नोलोजी (मकाउट), पश्चिम बङ्गालले आउँदो महिना ५ जूनमा हरिनघटा क्याम्पसमा विश्व पर्यावरण दिवस मनाउने भएको छ। यस सहभागी हुनलाई मकाउट परिवारले स्वागत जनाएको छ। पर्यावरण संरक्षणसम्बन्धी चेतना जगाउन हरेक वर्ष ५ जूनमा विश्व पर्यावरण दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघका अनुसार, यस दिनको उत्सवले हामीलाई पर्यावरण संरक्षण र सम्वर्द्धनमा व्यक्ति, उद्यम र समुदायहरूद्वारा प्रबुद्ध विचार र जिम्मेवार आचरणको आधारलाई फराकिलो बनाउने अवसर प्रदान गर्दछ। विश्व पर्यावरण दिवस २०२३ कोट डी आइवारद्वारा आयोजित अनि नेदरल्याण्ड्सद्वारा समर्थित, र विषयवस्तु बिट प्लास्टिक पोल्युसन (#BeatPlasticPollution) अभियानअन्तर्गत प्लास्टिक प्रदूषण को समाधानमा केन्द्रित हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *