मध्य प्रदेश विधानसभा चुनावबारे कांग्रेसको मन्थन

00-1-Rahul-Gandhi_735

पार्टीले १५० सीट जित्ने राहुल गान्धीको दाबी

नयाँ दिल्ली: कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेको अध्यक्षतामा सोमबार मध्य प्रदेश विधानसभा चुनावलाई लिएर बैठक सम्प्पन्न भयो। बैठक पश्चात कांग्रेस नेता राहुल गान्धीले मीडियासितको बातचितमा पार्टीले कर्णाटकको जस्तै रणनीति मघ्य प्रदेशमा पनि अप्नाउने बताए। आउँदो दिसम्बर महिनामा हुने चुनावमा पार्टीले १५० सीट जित्ने उनले दाबी गरे।

मल्लिकार्जुन खड़गेको अध्यक्षतामा सम्पन्न बैठकमा राहुल गान्धी, संगठन महासचिव केसी वेणुगोपाल, पूर्व मुख्यमन्त्री कमलनाथ, वरिष्ठ नेता दिग्विजय सिंहसहित केन्द्रीय नेतृत्व साथै राज्यका नेताहरूको उपस्थिति थियो। बैठकपछि राहुल गान्धीले भने, ‘कर्नाटकमा १३६ सीट प्राप्त हुने हाम्रो आन्तरिक अनुमान थियो। यसरी नै मध्य प्रदेशमा पनि १५० सीट पाउने आशा छ। कर्णाटकमा जे गरियो त्यसलाई दोहोऱ्याइनेछl’  मध्यप्रदेशमा मुख्यमन्त्रीको अनुहार को हुनेछ? भनी सोधिएको प्रश्नमा राहुल गान्धीले कुनै उत्तर दिएनन्। पार्टीका नेता कमलनाथले भने, ‘आज एकदमै महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा चुनावको रणनीति र मध्य प्रदेशको भविष्यलाई कसरी सुरक्षित राख्न सकिन्छ त्यसमाथि चर्चा गरियोl’ –हिस  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement