उत्तरेमा अखिल किराँत राई संघ, सिक्किमको खण्ड स्तरीय बैठक सम्पन्न

akrs_505

गेजिङः अखिल किराँत राई संघ, सिक्किमको तत्त्वावधानमा आज गेजिङ जिल्लाको उत्तरे नजिक गोम्पा डाँड़ामा खण्ड स्तरीय बैठक सम्पन्न भयो। केन्द्रिय कार्यकारी समितिका मूल सचिव आरके वालिङको मुख्य आतिथ्यमा सम्पन्न बैठकमा गेजिङका जिल्ला पञ्चायत उपाध्यक्ष अनिता राई, पश्चिम जिल्ला सभापति गणेश याङ्मा, उपाध्यक्ष डीके राई, केन्द्रिय समितिका प्रचार सचिव विष्णु चामलिङ, गेजिङ जिल्ला युवा प्रकोष्ठका समन्वयक एसके साम्पाङ, मूल सचिव सुनिल साम्पाङ लगायत अन्यको उपस्थिति रहेको थियो।

आजको बैठकमा मानेबोङ अनि सोपाखा ग्राम पञ्चायतमा संगठनको भिन्नाभिन्नै समिति गठन गरियो। यसअघि भने मानेबोङ सोपाखा एउटै समितिभित्र पर्थ्यो। संगठनलाई कसरी अघि बढ़ाउनुपर्ने र किरावाहरू एकजुट भएर जातिको हितमा आवश्यक मागहरू राज्य सरकारसमक्ष राखिनुपर्ने बैठकमा निर्णय लिइयो।

-हिस

About Author

Advertisement