गान्तोकः केन्द्रमा भारतीय जनता पार्टी (भाजपा) ले नौ वर्षको सरकार पुरा गरेको छ। यस अवसरमा भाजपा सिक्किमले गान्तोकमा एउटा कार्यक्रम आयोजन गरेर सरकारको नौ वर्षको उपलब्धि र प्रगति बारे चर्चा परिचर्चा गराएको छ। आज गान्तोकमा शुरु भएको एक महिनाव्यापी प्रचार अभियानका क्रममा केन्द्रिय शिक्षा राज्यमन्त्री डा. सुवास सरकारको विशेष उपस्थिति रहेको थियो। भाजपा राज्य अध्यक्ष डीआर थापा, विधायक दलका नेता एनके सुब्बा, गान्तोकका विधायक वाईटी लेप्चा लगायत भाजपाका अन्य पदाधिकारीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजन गरेर केन्द्रिय राज्यमन्त्रीले नौ वर्षको उपलब्धि र भाजपा सरकारले सिक्किका निम्ति गरेका विकासिय कार्य गन्ति गराए।
भाजपाले सबका साथ, सबका विकास, सबका प्रयास भन्ने मूल मन्त्रलाई आत्मसात गरेर देश निर्माणको पहल अघि बढाएको र यो नौ वर्षको कार्यकालमा देशले उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको उनले बताए। नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले देशको छबीलाई विश्व स्थापित गराउनसँगै अर्थतन्त्रलाई पनि बलियो बनाउने काम गरेको दाबी गर्दै अहिले भारत अर्थतन्त्रमा इङ्गल्याण्डभन्दा अघि पुगेको डा. सरकारले बताए। सिक्किमको सन्दर्भमा बोल्दै केन्द्रिय शिक्षा राज्यमन्त्री डा. सुवास सरकारले सिक्किका नागरिकहरू किसान समृद्धि योजना, ई-श्रम कार्ड, आयुष्मान भारत, खेलो ईण्डिया, स्मार्ट सिटी, पीएम मातृ वन्धना योजना, लगायतका केन्द्रिय ध्वजवाहक योजनाबाट सोझो लाभान्वित बनेको बताए।
विकासका क्रममा सेभेको रम्फू रेल परियोजनामा ४०८५ करोड रुपियाँको लागतबाट रेलसम्पर्कको काम सञ्चालमा रहेको, स्वदेश दर्शन योजनाअन्तर्गत २२६.६९ करोड सिक्किममा खर्च गरिएको, नौ वर्षको अन्तरालमा हाईवे विकासका लागि सिक्किममा काम भएको, राज्य सडक तथा हाईवे गरेर ७०९ किलोमिटर सडक निर्माण गरिएको, २१7७३ वटा पिएम आवास योजनाका लागि ५२,५७ करोड रुपियाँ केन्द्र सरकारले आवान्टन गरिसकेको उनले बताए।
स्वास्थ्य विकासका लागि पनि केन्द्रले सिक्किममा धेरै काम गरेको दाबी गर्दै केन्द्रिय राज्यमन्त्री डा. सुवास सरकारले पूर्व सिक्किमको सिङ्ताममा ३००0 बेडको अस्पताल, सोरेङ जिल्लामा १०० बेडको अस्पताल, तीनवटा प्राथमिक स्वास्थ्य उपकेन्द्र र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको बताए। यस बाहेक शिक्षा लगाटतका अन्य क्षेत्र र डाइरेक्ट बेनिफिट स्किमबाट सिक्किका धेरै मानिसहरूलाई प्रत्यक्ष सहयोग भइरहेको उनले जानकारी दिएका छन्। केन्द्र सरकार सिक्किमका दीर्घलम्बीत राजनैतिक समस्या समाधान गर्ने पक्ष रहेको छ भन्दै राज्य भाजपा अध्यक्ष र अन्यले सिक्किमलाई केन्द्र सरकारबाट लाभ भएकै छ बन्ने दाबी गरेका छन्।
-हिस










