बेइजिङ: वैज्ञानिकहरूले समुद्रबाट माइक्रोप्लास्टिक हटाउन सानो रोबोट–माछा डिजाइन गरेका छन्। १३ मिमी–लामो माछा वरिपरि पौडी खेल्छ र उसले शरीरमा माइक्रोप्लास्टिक्स सोस्छ। नरम र लचिलो यस माछाको विशेषता हो। पुच्छरमा हल्का लेजर प्रणालीको सहयोगले माछा पौडी खेल्न र करिब ३० एमएम प्रति सेकेन्डमा फटफट गर्नसक्छ। उक्त रोबोट माछा समुद्रमा उपलब्ध मदर–अफ–पर्ल वा नेक्रेजस्ता तत्वहरूबाट सिर्जना गरिएको हो।
अध्ययनअनुसार उक्त माछा ५ किलोग्राम छ। यो माछाले विश्वमा बिग्रँदै गएको साना प्लास्टिकजन्य समस्या समाधान गर्न मद्दत गर्ने विज्ञहरूले आशा गरेका छन्। ‘जलीय वातावरणबाट हानिकारक माइक्रोप्लास्टिक संकलन रोबोट विकास गर्नु ठूलो महत्वको विषय हो’, सिचुआन विश्वविद्यालयको पोलिमर अनुसन्धान संस्थानका शोधकर्ता युयान वाङ भन्छन्। वाङ उक्त अध्ययन टोलीका नेता हुन्। उक्त अध्ययन नानो लेटर्समा प्रकाशित छ।










