सिलगढी: भूमि सम्बन्धी मामिलामा माटिगडा बीडीओ कार्यालयमा एक बैठक समपन्न भयो। मूलतः पञ्चकेलगुरी क्षेत्रमा एक टुक्रा जग्गाको स्वामित्वमा समस्या रहेको थियो। यही समस्या समाधानका लागि यो बैठक बोलाइएको हो। सो क्षेत्रमा एक व्यक्तिले जग्गा अतिक्रमण गर्न खोजेको आरोप छ। स्थानीयवासीहरुले सोमबार बीडीओ कार्यालयमा ज्ञापनपत्र बुझाएको हुनाले त्यसैका लागि आकस्मिक बैठक बोलाइएको थियो। यस बैठकमा सो समस्या चाँडो समाधान गर्नका लागि छलफल गरियो।









