फिल्म ‘रातारात मालामाल’ बारे कार्यशाला

IMG-20230529-WA0306.jpg

कालेबुङ: कालेबुङबाट भानु पाला पिक्चर प्रडक्सनको ब्यानरमा साथै विक्रम पराजुलीद्वारा निर्माण/निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘रातारात मालामाल’ मा मुख्य भूमिकामा विल्सन विक्रम राई लगायत अन्य कलाकारहरुलाई लिएर आज एकदिने कार्यशाला साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रममा दार्जिलिङका प्रख्यात कलाकार पुकार गुरुङ, मोहन बिष्ट, जीवन गुरुङ, देवराज शेर्पा, कालेबुङका फुर्बा शेर्पा, अरूण प्रकाश राई, मणि भुजेल, रिया भुजेल, अमर भुजेल सहित भानु पाला परिवारका ललित गोले, प्रशान्त क्षेत्री, शान्ति शर्मा, अमित प्रधान आदि उपस्थित थिए।

About Author

Advertisement