सिलगढी: ह्वील चेयरमा बसेर पनि मानिसमा आशा जगाउन सकिन्छ भन्ने अपूर्व सामन्तले प्रमाणित गरिरहेका छन्। विगत ३ महिनादेखि उनी लोकनाथ न्यूरो स्पाइनल रिह्याबिलिटेसन सेन्टरमा भर्ना भएर उत्तर बङ्गालका मेरुदण्डमा चोटपटक लागेका मानिसहरूलाई नयाँ जीवन दिइरहेका छन्। बाबा लोकनाथ न्युरो स्पाइनल रिह्याबिलिटेसन सेन्टर सिलिगुडीको दार्जिलिङ मोडको छेउमा रहेको दगापुर लोकनाथ मन्दिर परिसरमा सम्पूर्ण उत्तर बङ्गालमा आफ्नो प्रकारको एक मात्र पुनर्वास केन्द्र हो। जहाँ मेरुदण्डको समस्याबाट पीडित व्यक्तिको उपचार गरिन्छ। उनी लोकनाथ न्यूरो स्पाइनल रिह्याबिलिटेसन सेन्टरमा ह्वील चेयर ट्रेनरको रुपमा कार्यरत छन्। यस केन्द्रमा १० देखि १२ जनाको उपचार भइरहेको छ। उनले उत्तर बङ्गालमा पनि यस्ता पुनस्र्थापना केन्द्रहरू बनाउनु पर्ने बताए। यदि उत्तर बङ्गालमा यस्ता रिह्याब सेन्टरहरू निर्माण भएमा त्यस्ता रोगबाट पीडित मानिसहरूलाई उपचारका लागि अन्य राज्यहरूमा जानु पर्दैन। मेरुदण्डको समस्याका कारण हिड्न नसक्ने असहायलाई यस पुनर्स्थापना केन्द्रमार्फत नयाँ बाटो देखाइएको पनि उनले बताए।









