यो जीत श्रमिकहरूको जीत हो: अजय एडवाडर्स
दार्जीलिङ: अन्तमा सिलिमहिल चिया बगानको श्रमिकहरूको जीत भएको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएको छन्। सिलिमहिल चिया बगानको मालिकले नयाँ कमानमा लगाएको चियाको गाछहरू उखाल्ने निर्देश दिएका थिए। मालिकको निर्देशलाई कार्य रूपमा परिणत गर्न प्रबंधकबर्गले श्रमिकहरूमाथि बगानमा लगाएको चियाको गाछहरू उखेल्न दबाव बनाउँदै आई रहेका थिए।मालिकको निर्देश र प्रबन्धकगणको दबावको विरोध जनाउँदै श्रमिकहरू आन्दोलनमा ओर्लिएका थिए अनि उनीहरूले गत १० दिनदेखि निरन्तर रूपमा धरना प्रदर्शन गर्दै आई रहेका थिए। सिलिमहिल चिया बगानको मालिकले नयाँ कमानमा लगाएको चियाको गाछहरू नउखेल्ने घोषणा गरेको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताए। अध्यक्ष अजय एडवाडर्सले सिलिमहिल चिया बगानको मालिकले लिएको निर्णय स्वागत योग्य रहेको बताए। ‘हामी वीच राजनैतिक मतभेदहरू हुन सक्छ तर जातिलाई परेको खण्डमा हामीले जात धर्म सवै थोक भूलेर एकबद्व हुन पर्छ, सिलिमहिल चिया बगानको मालिकले आज जो निर्णय लिएको छ, त्यो तपाई हाम्रो एकताको परिणाम हो’ अध्यक्ष एडवाडर्सले भने। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले सिलिमहिल चिया बगानको नयाँ कमानमा भई रहेको श्रमिक आन्दोलनलाई साथ दिन्दै आई रहेको थियो अनि आज मात्र पनि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ को नेतृत्वहरू श्रमिकहरूको आवाजमा आवाज थप्न धरना स्थलमा पूगेका थिए। स्मरण रहोस गत दुई दिन अधि मात्र हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स नयाँ कमानमा भई रहेको धरना स्थलमा पूगेका थिए अनि धरनामा बसेका श्रमिकहरूलाई आफ्नो सम्पति विक्री गरेर भए पनि न्याय दिलाउने वाचा गरेको थियो।










