अन्तरिम १५ प्रतिशत वृद्धिबाट असन्तुष्ट श्रमिकवर्ग, गेटसभा जारी

IMG-20220623-WA0139.jpg

कालचिनी। राज्य सरकारद्वारा चिया श्रमिकहरूको निम्ति अन्तरिम १५ प्रतिशतको रोज वृ्द्धिको घोषणाले दैनिक ज्याला २०२ बाट २३२ रुपियाँ भए तापनि विभिन्न ट्रेड यूनियनहरू यसबाट खुसी नरहेको र झट्टै त्रिपक्षीय बैठक बोलाएर न्युनतम रोजको अन्तिम फसेला गरिनु पर्ने बारेमा हाल विभिन्न चियाबारीहरूमा गेटसभा जारी रहेको छ। कहिले जोइन्ट फोरम त कहिले भाजपा समर्थित बीटीडब्ल्यूयूको पक्षबाट अहिले सरकारको एकल घोषणाले चिया श्रमिकहरूको माग पुरा नभएको भन्दै वर्तमान महंगाईको समयमा २३२ रुपियाँ दैनिक ज्यालाले श्रमिकहरूको दुःख नमेटिने एवम् चिया श्रमिकहरूको जमीनको पर्जा पट्टा दिनुपर्ने आदि दाबीहरू लिएर गेटसभा चलिरहेको क्रममा आज भाजपा समर्थित बीटीडब्ल्यूयूको पक्षबाट दलसिंहपाड़ा लगायत गङ्गुटिया, अठियाबारी, भातखावा, भाटपाड़ा, चिञ्चुला, राधारानी आदि चियाबारीहरूमा गेटसभाको आयोजना गरिएको बीटीडब्ल्यूयूको नेताहरूले जनाएका छन्।

आज उक्त क्रममा बीटीडब्ल्यूयूको नेताहरू कमानहरूमा पुगेर गेटसभामा सहभागी बनेको थियो भने ३० रुपियाँ रोज वृ्द्धिलाई न्युनतम रोज मान्न नसकिने र श्रमिकहरू अझै न्युनतम रोजको आन्दोलनलाई अघि बढ़ाउन एक हुनपर्ने आह्वान गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *