सिलगढी: सीपीआईएम ४ नम्बर एरिया कमिटीद्वारा आज सिलगढीमा एउटा ऱ्याली निकालिइयो । पिउने पानी लगायत अन्य विविध मागलाई लिएर सीपीआईएम 4 नम्बर एरिया कमिटीद्वारा आज सिलगढीमा एउटा ऱ्याली निकालिइयो। सिलगढी नगरनिगमको ३० नम्बर वार्डको तराई स्कुल अघिबाट एउटा ऱ्याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गऱ्यो।
उक्त ऱ्यालीमा सीपीआईएम-का जिल्ला सचिव समन पाठक, सीपीआईएम नेता जीवेश सरकार, शरदिन्दु चक्रवर्ती लगायत अन्य उपस्थित थिए। यस असवरमा सीपीआईएम नेता तुफान सरकारले बताएअनुसार पिउने पानी लगायत चाँडै नित्य प्रयोजनीय सर-समानहरूको मूल्य कम्ती गरिनुपर्ने मागमा आज एउटा ऱ्याली निकालिएको हो।