ला लीगाः बार्सिलोना र एट्लेटिको म्याड्रिड विजयी

IMG-20230529-WA0139.jpg

२९ मईः स्पेनिश ला लीगा फूटबलमा च्याम्पियन बार्सिलोना र एट्लेटिको म्याड्रिडले आ-आफ्नो म्याच जित्यो। लीग खिताब अगावै जित्ने बार्सिलोनाले मालोर्का विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। घातक ट्याकलले गर्दा एमाथ डियाए डेढिओउले १४औं मिनटमा रेड कार्ड देखेपछि दशजना खेलाड़ीमा सीमित हुने मालोर्काले म्याचमा कुनै चुनौती पेश गर्न सकेन। होम टीमबाट अंशु फातीले पहिलो र २४औं मिनटमा गोल गरे। यसबाहेक गाभीले ७०औं मिनटमा १ गोल गरे। यस जीतपछि बार्सिलोना ३७ वटा म्याचमा ८८ पोइण्ट्सको साथ शीर्ष स्थानमा कायम रह्यो। यसरी १२औं स्थानमा रहने मालोर्कासँग ४७ पोइण्ट्स रहेको छ। यसरी एट्लेटिको म्याड्रिडले रियल सोसिएदाद विरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड सिभिटास मेट्रोपोलिटन स्टेडियममा ४९ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याड्रिडबाट एण्टोनी ग्रीजम्यानले ३७औं र नाहुएल मोलिनाले ७३औं मिनटमा गोल गरे। यसरी रियल सोसिएदादबाट एलेक्जेण्डर सोरलोथले ८८औं मिनटमा गोल गरे। यस म्याचपछि एट्लेटिको म्याड्रिड ७६ पोइण्ट्सको साथ तेस्रो अनि रियल सोसिएदाद ६८ पोइण्ट्सको साथ चौथो स्थानमा कायम रह्यो। अन्य म्याचहरूमा रायो भाल्लेकानोले भिल्लारियललाई, गेटाफेले ओसासुनालाई अनि गिरोनाले रियल बेटिसलाई २-१-को समान अन्तरले पराजित गऱ्यो।

About Author

Advertisement