२९ मईः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को आयोजनमा इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। धोतरिया बालासन स्कूल खेल मैदानमा आइतवार पहिलो दिन दुईवटा म्याच खेलियो। पहिलो म्याचमा ड्राइवर्स एफसी-ले जूनियर ब्रदर्सलाई ४-२-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा सेभेन स्कोप सीडर्सले सिमाना एफसी-लाई २-१-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।








