मुख्यमन्त्रीले जनाए निति आयोगको बैठकमा सहभागिता

IMG-20230528-WA0326.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले नयाँ दिल्लीमा आयोजित नीति आयोगको गभर्निङ काउन्सिलको ८औं बैठकमा भाग सहभागिता जनाए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री तामाङले

सिक्किम राज्यले देशमा सबैभन्दा बढी प्रतिव्यक्ति आय हासिल गरेको र निति आयोग द्वारा प्रकाशित पहिलो भारत बहु-आयामी गरिबी सूचकांक प्रतिवेदनमा ३.८२ प्रतिशतसँगै सिक्किम तेस्रो भएको उल्लेख गरिएको जानकारी गरे। “हामी २०४७ सम्ममा ‘विकास भारत’ को सपना पूरा गर्न उत्सुक छौं, जसको आधारभूत संरचना, लगानी, नवप्रवर्तन र समावेशीकरणका चार स्तम्भहरूमा स्थापित भएको प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो राष्ट्रिय सम्मेलनमा प्रतिज्ञा गरेको जानकारी गराए।

मुख्यमन्त्रीले सिक्किमलाई दुई प्रतिष्ठित जी२० र बी२० सम्मेलनहरू आयोजना गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिँदै उक्त दुवै सम्मेलन सफल भएको बताए। यसका साथै उनले उक्त सम्मेलनमा सिक्किम राज्यमा लगानीका लागि विशेषगरी पर्यटन, जैविक खेती र स्टार्टअपका क्षेत्रमा लगानीका विभिन्न माध्यमका बारेमा निकै महत्वपूर्ण छलफल भएको बताए।

एमएसएमईको बारे बोल्दै, उनले राज्यका अधिकांश एमएसएमईहरू पर्वतीय कृषि सम्पदा र पर्यटन, स्वास्थ्य, शिक्षा, ऊर्जा र परम्परागत शिल्प जस्ता सेवाहरूमा आधारित रहेको जानकारी गराए। यस सम्बन्धमा, उनले नीति आयोगलाई राज्यमा निर्यात-उन्मुख, उद्योग-सशक्त जैविक खाद्य भण्डार फ्री ट्रेड वेयर हाउजिङ क्षेत्र स्थापना गर्नुपर्ने अनुरोध गरे।

यसरी नै जलवायु परिवर्तनको विषयमा बोल्दै मुख्यमन्त्रीले सिक्किम सरकारले राष्ट्रिय सुरक्षा र मानव सुरक्षा गतिशीलताको महत्त्वमा ध्यान केन्द्रित गरी यसको सामना गर्नका लागि अल्पकालीन र दीर्घकालीन दुवै उपायहरूको पहल गरिरहेको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement