एसडीएफ पार्टीका संस्थापक सदस्य लगायत एकसय जना एसकेएममा सामेल

photocollage_2023528235955732.jpg

लिङ्गी: अहिले विपक्षी पार्टीमा पैह्रौ जाने क्रम जारी छ। यसै क्रममा आज तुमिन लिङ्गी समष्टिका एसडीएफ पार्टीका संस्थापक सदस्य अर्जुन रेग्मी सहीत क्षेत्रका एक सौ परिवारले एसडीएफ पार्टी त्यागेर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन्। उल्लेखनीय छ, गत केही दिन अघि मात्र उक्त निर्वाचन क्षेत्रबाट ६ सय जनाले एसडीएफ लगायत अन्य पार्टी त्यागेर एसकेएममा सामेल भएका थिए।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अनि पार्टी अध्यक्ष प्रेमसिंह तामाङको समावेशी नीतिले आकर्षित बन्दै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएको जानकारी गराएका छन्।

आजको सामेल कार्यक्रममा एसकेएम पार्टीका युवा अध्यक्ष लाक्पा मोक्तान, युवा मोर्चाका महा सचिव सहदेव शर्मा लगायत पार्टीका अन्य शीर्ष नेतृत्वहरुको उपस्थिति रहेको थियो। उपस्थित सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका नेतृत्ववर्गहरुले आज एसकेएममा सामेल हुने व्यक्तित्वहरूलाई पार्टीको झण्डा अनि पार्टी साहित्य सामग्रीहरू प्रदान गरेर पार्टीमा स्वागत जनाए। पार्टीमा समावेश हुने नयाँ सदस्यहरूलाई अबउसो पार्टी अध्यक्षको जम्मै निर्देशनहरू पालन गरेर सिक्किम निर्माणमा अघि बढ्ने पनि आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement