अल सिक्किम चिफ मिनिस्टर फुटबल टुर्नामेण्ट: ह्वलर्स एफसीको झोलीमा ट्रफी

IMG-20230528-WA0324.jpg

गान्तोक: सिक्किम फुटबल एसोसिएशनको पहलमा गत २३ अप्रेलदेखि शुरू भएको अल सिक्किम चिफ मिनिस्टर्स सेकेण्ड डिभीजन एस-लीग च्याम्पियनशीप २०२३-को फाइनल खेल आज सम्पन्न भयो। राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित आजको फाइनल खेल ह्वलर्स एफसी सिङताम वनाम ब्रदरहुड एफसी रानीपुलमाझ सम्पन्न भएको थियो। आजको यस फाइनल खेलमा ह्वलर्स एफसीले २ को विरुद्ध ४ गोल गरेर ट्रफी आफ्नो टोलीको नाममा दर्ता गर्न सफल बन्यो। विजेता टिमलाई आकर्षक ट्रफी साथै नगद पुरस्कार २ लाख पुरस्कार प्रदान गरियो भने उप विजेता दललाई आकर्षक ट्रफी साथै नगद पुरस्कार १ लाख रुपियाँले प्रदान गरियो। ब्रदरहुड एफसीबाट दलका कप्तान समीर प्रधानलाई म्यान अफ द म्याच घोषित गरियो भने सर्वाधिक गोल स्कोर गर्ने ह्वलर्स एफसी दलका कर्मा थेन्डुप भोटियालाई पनि पारितोषिक प्रदान गरियो।

आजको खेलमा सुचना एवं प्रोद्दौगिकी विभागका सल्लाहकार तेञ्जिङ नर्बु लाम्ठा प्रमुख अतिथिकोरुपमा उपस्थित थिए भने खेल एवं युवा मामिला विभागका महासचिव राजु बस्नेत विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। यस प्रतियोगिता आयोजना गर्नलाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आर्थिक अनुदान प्रदान गरेको आयोजक समितिले जानकारी गराएको छ। यसरी राज्यमा खेलकूदको क्षेत्रलाई अघि बढाउन सहयोग पुऱ्याएकोमा एसएफए- का उपाध्यक्ष साथै प्रचार प्रसार अध्यक्ष श्याम प्रधानले मुख्यमन्त्री प्रति कृतज्ञता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement