प्रधानमन्त्री नरेन्द्र मोदीले गरे नयाँ संसद भवनको उद्घाटन

IMG-20230528-WA0322.jpg

आजको दिन देशको निम्ति महत्पूर्ण होः मुख्यमन्त्री तामाङ

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ संसद भवनको उद्घाटन गरे। यस ऐतिहासिक कार्यमा सिक्किम राज्यको तर्फबाट मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि सहभागिता जनाएका थिए। प्रधानमन्त्री मोदीले आज नयाँ संसद भवन राष्ट्रलाई समर्पित गरे। उनले रीति-रिवाजको साथ पूजा गरेपछि सबैभन्दा पहिला सेंगोललाई लोकसभा कक्षमा स्थापित गरे अनि तमिलनाडुबाट आएका २० पण्डितहरूको आशीर्वाद लिए।

उद्घाटनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आजको दिन सबै देशवासीको निम्ति अविस्मरणीय रहेको बताए। नयाँ संसद भवन हामी सबैको गर्वको विषय रहेको बताए।

यस ऐतिहासिक भवन उद्घाटनको साक्षी बन्न पाएकोमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले खुशी व्यक्त गर्दै नयाँ संसद भवनको ऐतिहासिक उद्घाटन समारोहमा उपस्थित हुन पाउनु आफ्नो लागि सम्मान र सौभाग्यको कुरा रहेको बताएका छन्। आफ्नो फेसबूक पेजमार्फत मुख्यमन्त्री तामाङले लोकतन्त्रका स्तम्भहरूको भौतिक अभिव्यक्तिको रूपमा, नयाँ संसद भवनले एकता, प्रतिनिधित्व र जनताको सामूहिक इच्छाको प्रतीकको रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्। आजको दिन हाम्रो महान राष्ट्र भारतको निम्ति एक महत्वपूर्ण दिन रहेको उल्लेख गर्दै लोकतन्त्रको एक नयाँ युगको जन्मको प्रतिक रहेको मुख्यमन्त्रीले विचार व्यक्त गरेका छन्।

जानकारी गराइन्छ, आज उद्घाटन गरिएको नयाँ संसद भवनको लोकसभामा ८८८ सांसद बस्न क्षमता भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement