नेपालको धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी रिपोर्टबारे नेपाल सरकारले पठायो नोट

usa-nepal-realistic-half-flags-together-usa-namibia-realistic-half-flags-togetherusa-nepal-realistic-half-flags-123487536.jpg

काठमांडू: अमेरिकाले सार्वजनिक गरेको नेपालको धार्मिक स्वतन्त्रतासम्बन्धी रिपोर्टबारे नेपाल सरकारले चासो देखाएको छ। सरकारले कतिपय विषयमा गम्भीर चासो राख्दै अमेरिकी सरकारलाई नोट पठाएको हो।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार संसदमा बोल्दै सरकारका तर्फबाट ध्यानाकर्षणसहित अमेरिकी दूतावासमार्फत् अमेरिकी सरकारलाई नोट पठाएको जानकारी दिए। सरकारले पठाएको नोटमा कतिपय विवादास्पद विषयमा प्रश्न उठाइएको प्रचण्डले बताए।

अमेरिकाले हालै सार्वजनिक गरेको अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रताको नेपाल सम्बन्धी रिपोर्टमा नेपालमा हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिन भारतीय जनता पार्टी र भारतका अन्य हिन्दू समूहले रकम दिने गरेको आरोप लगाएको थियो। यो आरोपले नेपालको राजनीतिकवृत्तमा तरंग आयो।

अमेरिकाले इशाईहरुप्रति कठोर नीति लिएको भन्दै सरकारको समेत आलोचना गरेको छ। १३ पृष्ठको रिपोर्टमा नेपालमा इशाईको संख्या ५ प्रतिशतसम्म पुगेको दाबी गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement