काठमांडु: नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ऊर्जासम्बन्धी ठूला सम्झौता हुने भएको छ। आइतवार विहान लगानी बोर्डको बैठकले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता पीडीए गर्ने निर्णय गरेको छ। भ्रमणका क्रममा ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणका लागि नेपाल र भारतबीच द्वीपक्षीय सम्झौता एमओयू हुने तय भएको छ। नेपालले आगामी २५ वर्षसम्म भारतलाई विद्युत बेच्ने सम्झौताको तयारी भएको छ नेपालले यो वर्ष भारतलाई विद्युत बेच्न थालिसकेको छ। २७ मईमा नेपालले भारतलाई विद्युत विक्री गरेको हो। नेपालका प्रधानमन्त्री प्रचण्ड ३१ मईबाट ३ जूनसम्म भारत भ्रमण गर्दैछन्। यसैगरी, ६७९ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबाट चिनियाँ कम्पनी पावर चाइनालाई हटाउने प्रक्रिया बढाइएको छ। लगानी बोर्डको रविवार बसेको बैठकले पावर चाइनालाई काम अघि नबढेकोमा स्पष्टिकरण सोध्ने निर्णय लिएको छ।