आयोम वेलफेयर सोसाइटीको गान्तोक र गेजिङमा बहु महिनावारी स्वच्छता सचेतना अभियान

si-7

गान्तोकः आयोम वेलफेयर सोसाइटीले आज गान्तोक र सोरेङमा बहु महिनावारी स्वच्छता सचेतना अभियान आयोजन गऱ्यो। सोरेङ जिल्लाको एसपी चर्च, श्रीमदम र गान्तोक जिल्लाको जोरधारा, पॉंच माइल र रानीपुलमा कार्यक्रम सम्पन्न गरियो। महिनावारी स्वच्छता दिवस हरेक साल पॉंचौं महिनाको २८औं दिन पालन गरिन्छ। सोसाइटीकी राज्य प्रमुख युनिता पाण्डेको मार्गदर्शनमा उक्त कार्यक्रमहरू आयोजना गरिएको बताइएको छ। राजधानीमा जिल्ला प्रमुख सुसाहली हाङ्गमा र सोरेङमा जिल्ला प्रमुख मोनिका राईको अगुवाईमा कार्यक्रम आयोजन गरियो।

कार्यक्रममा महिनावारीका आधारभूत कुराहरू, महिनावारी हुनुका कारणहरू, महिनावारी र प्रजननबीचको सम्बन्ध, महिलाको प्रजनन प्रणाली, गर्भावस्था, सर-सफाई, महिनावारीको दुखाई, कहिले चिकित्सा सहायता लिने, पिरियड साइकल, पीसीओएस, अनियमित महिनावारी, व्यायाम आदि कुराहरू समेटिएको थियो। यस अवसरमा अन्तरक्रियात्मक सत्र पनि सम्पन्न गरिएको थियो। आयोम वेलफेयर सोसाइटी नोएडा आधारित एउटा एनजीओ हो जो विगत १७ वर्षदेखि सक्रिय रूपमा कल्याण गतिविधिहरूमा संलग्न छन्। सोसाइटीले आज देशका विभिन्न राज्यहरूमा सेवा पुऱ्याइरहेको बताइएको छ।

About Author

Advertisement