एक बांग्लादेशी सहित दुईलाई बीएसएफले पक्राउ गर्यो

00-1-Chheriya-Samachar-3

सिलगढ़ी: उत्तर बंगाल फ्रन्टियरमा सिलगढ़ी सेक्टर अन्तर्गत तैनात १५१औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) का सतर्क जवानहरूले आईसीपी फुलबाड़ीबाट एक बांग्लादेशी सहित दुई जनालाई पक्राउ गरेका छन्। पक्रा परेको बांग्लादेशी नागरिकको पहिचान बांग्लादेशको जिल्ला पंचगढ़ निवासी सुकुमार रोय (३६) को रूपमा गरिएको छ। जवानहरूले उसका साथै एक भारतीय भाबेश सरकार (३२) लाई पनि पक्राउ गरेका छन्। भावेश दार्जीलिङको माटीगढ़ा थानाको निवासी हो। आइतवार बीएसएफले प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएको छ। दुवैलाई जीरो पोइन्टबाट भारत पसेको समय समाइयो। दुवैदेखि दुई मोबाइल फोन, भारतीय मुद्रा २८३० रूपियाँ, बांग्लादेशी टाका ३५००० र अन्य समान उद्धार गरिएको छ। बांग्लादेशी नागरिक मेडिकल भीसामा सिलगढ़ीमा उपचाराधीन थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement