उत्तर दिनाजपुर: करेन्ट लागेर दुई वर्षीय नानीको मृत्यु भएको घटना शनिवार राति हेमताबाद थानाको नौदा ग्रांम पंचायतको तिलना गाउँको हो। मृत नानीको नाम वैजयन्ती बर्मन उर्फ माम्पी हो। नानीका पिता नारायणबर्मनले भने, हिजो राति आंधीमा घरको पछाड़ी जंगलमा बिजुलीको तार झरेको थियो। जसलाई हामीले देखेनौं। साझँ खेलिरहेको बेला वैजयन्ती त्यस तारको सम्पर्कमा आइन्। धेरै बेरसम्म छोरी नभेटिएपछि उसलाई खोज्नु शुरू गरियो। तब घरको पछाड़ी छोरीलाई मुर्छित अवस्थामा देखियो। यसपछि बिजुली काँटेर नानीलाई हेमताबाद ग्रामीण अस्पताल लगियो। जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे। घटनापछि परिवारमा शोकको लहर दौड़ेको छ। हेमताबाद थानामा अस्वाभाविक मृत्यु मामिला दर्ता गरी घटनाको जाँच शुरू गरिएको छ।