काठमांडू: नेपालमा २०१५ मा भएको एउटा हत्याकाण्डमा दोषी ठहरिएका थारु नेता रेशम चौधरीलाई आममाफी दिन प्रचण्ड नेतृत्वको क्याबिनेटले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिशको निर्णय गरेको छ। आज आइतवार बसेको क्याबिनेट बैठकले चौधरीलाई आममाफी दिन सिफारिश गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन्।चौधरी २०१५ मा पश्चिम नेपालको थारु बाहुल्य कैलाली जिल्लाको टीकापुरमा ७ सुरक्षाकर्मी र एक नाबालिकको विभत्स हत्याको प्रमुख दोषी ठहर भएका थिए। नेपालको अदालतले उनलाई दोषी ठहर गरी सर्वश्वसहित जन्मकैदको सजाय सुनाएकोमा सरकारले आममाफीको सिफारिश गरेको हो।