सिलगढी: मतिगढ़ा थाना अन्तर्गत इलाकाको एउटा घरमा कोही सदस्य नभएको फाइदा उठाएर चोरी गर्ने युवकलाई पुलिसले पक्राउ गरेको छ भने सो पक्रा परेका युवक दार्जिलिङ निवासी रोहन छेत्रीको रुपमा चिन्हित गरिएको छ।रोहन छेत्रीले नशालु पदार्थ सेवन गर्ने गरेकोले नशाको लत पुरा गर्नको तिनले चोरी गर्ने गर्दथे। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत २४ मईमा रोहन छेत्रीलाई पक्राउ गरेर सिलगढी अदालतमा पेश गरेपछि ५ दिनको पुलिस हिरासतमा लिएर सोधखोज गर्दा चोरी गरेको केही समानहरू पनि उद्धार गरेको छ। रिमान्डको अवधि पुरा भएपछि पुलिसले आरोपीलाई आज फेरि सिलगढी अदालतमा गर्यो।