सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत पानीट्याङ्की आउटपोस्ट पुलिसले विधान मार्केटमा खुल्ला रूपमा चलिरहेको सिङ्गल डिजिट लटरीको भान्डाफोड गरेको छ। यस मामिलामा पुलिसले एकजना युवकलाई पनि पक्राउ गरेको छ। पक्रा परेका युवक बाबुपाडा निवासी विक्रम साहनीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार विधान मार्केटको एसआरएनको २३ नम्बर दोकानमा सिङ्गल डिजिट लटरीको नाममा जुवाको अड्डा चलाइरहेको थियो। यहाँ कम्प्युटरको सहयोगमा नम्बरहरूमाथि लाखौँ रुपियाँको खेल खेलाइरहेको थियो। ५ रुपियाँदेखि लिएर ५०,१०० रुपियाँसम्म टिकटको मूल्य राखिएको थियो। नम्बर फँसेपछि मानिसहरूलाई १० को २० र १०० को २०० ₹५०० को १००० रुपियाँ दिने गर्दथ्यो। पुलिसले उक्त दोकानमा अभियान चलाएर एकजना युवकलाई पक्राउ गर्नको साथै दुईवटा कम्प्युटर, सिङ्गल डिजिट लटरी एवम् अन्य सामग्रीहरू जफत गरेको छ। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गरियो।










