सडक दुर्घटनामा एक महिलाको मृत्यु, पाँच घाइते

vlcsnap-2023-05-28-21h16m18s32.png

नक्सलबारी: नक्सलबारीमा दर्दनाक सडक दुर्घटनामा एकै परिवारका एक महिलाको मृत्यु भएको छ भनेे थप ५ जना घाइते भएका छन्। घटनापछि सडकमा केहीबेर सवारी आवागमन ठप्प भएको थियो। पुलिसको हस्तक्षेपले स्थिति नियन्त्रणमा आएको थियो। जानकारी अनुसार आइतबार हसिमाराबाट बागडोगरा हुँदै नक्सलबारी ब्लकको त्रिहाना फर्कने क्रममा दारागाउँ क्षेत्रमा मोटरसाइकलसँग कार ठोक्किएको भएको हाे। एक आपसमा ठोकिंद कार अनियन्त्रित भई सडकमा पल्टिएको जानाएकाे छ। कारमा सवार चमेली मेहर नामकी महिलाको घटनास्थलमै मृत्यु भयाे र अन्य ५ जना घाइते। सबै ओर्ड चिया बगान क्षेत्रका बासिन्दा हुन्। यहाँ, दुर्घटनाको सूचना पाएर, बागडोगरा पुलिस घटनास्थल पुग्यो। पुलिसले घाइतेहरुलाई उद्धार गरी बागडोग्रा प्राथमिक स्वास्थ्य केन्द्र पठाएको छ। यससँगै मृतक महिलाको शवलाई पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा पठाइएको छ भने पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement