यूएफओ र एलियन्स बारे विभिन्न दावीहरू गरिन्छ। तर आजसम्म प्रमाणित हुनसकेको छैन। तर अचम्मको कुरा के छ भने दावी गर्नेमा आम नागरिकबाहेक सैनिक र पाइलट पनि परेका छन्। एउटा टिभी डकुमेन्ट्रीको दावीअनुसार दुईवटा फाइटर पाइलटहरूले युएफओलाई गोली हान्ने प्रयास गरे, तर ती युएफओमा कुनै प्रभाव पारेको थिएन। यसबाट तिनीहरू अविनाशी छन् जस्तो लाग्छ। न त क्षेप्यास्त्रहरूले तिनीहरूमा काम गरे, न त अरू केही हतियारले। बरु, तिनीहरू टाढाबाट कुनै पनि कुरा नियन्त्रण गर्न सक्षम छन्। डेली स्टारको रिपोर्टका अनुसार यी मध्ये एक पाइलटले उनले आगोको पर्खाल देखेको दाबी गरे, जसले रहस्यमय उडनतश्तरीको अगाडि आउने कुनै पनि कुरालाई रोकिरहेको थियो।
पाइलटले आफूले युएफओतर्फ जतिसुकै मिसाइल प्रहार गरे पनि हरेक मिसाइललाई त्यसले आफूभित्र सोसिरहेको बताए। उनले ५० माइलको दुरीसम्म पीछा गरे र कुनै हानि बिना गायब भयो। अर्को पाइलटले हावामा नै युएफओ नष्ट गर्ने प्रयास गरे। यो केवल आठ हजार माइल टाढा थियो। पाइलटले आफ्नो जेट कन्ट्रोल जाम भएको बताए। तर त्यहाँबाट युएफओ गायब भएपछि उनीहरूले फेरि काम गर्न थाले। नेशनल ज्योग्राफिकको डकुमेन्ट्री ‘इन्भेस्टिगेटिङ द अननोन’ मा पाइलटहरूको यो लडाइँबारे बताइएका छन्। यसअघि पनि धेरै पटक यस्तै दाबी गरिएको थियो। तर कुनै पनि दाबी पुष्टि हुनसकेन। यसअघि युएफओले यात्रुलाई ५० मिनेटसम्म पछ्याएको दाबी गरिएको थियो। यूएफओ विमान अलास्कामा अवतरण गरेपछि अचानक बेपत्ता भयो। तर, यस्तो समाचारको पुष्टि गरिएको छैन।