नवौँ डक्टरेट उपाधिले डा. कमल कुजूर सम्मानित

b872900e-5544-4682-9576-70954714adb3

कालचिनीः डुवर्सको कालचिनी खण्डको राईमाटाङ चियाबारी निवासी युवा आदिवासी समाजसेवीलाई आइतबार इन्दौरमा माँ भुवनेश्वरी इन्टरनेशनल यूनिभर्सिटीले अनरेरी डक्टरेट इन सोसियल वर्कको उपाधि प्रदान गरेको छ। इन्दौरबाट टेलिफोन मार्फतको कुराकानीमा डा. कमल कुजूरले यो लगाई नवौँ पल्ट डक्टरेटको उपाधि प्राप्त भएको र आफूसितै विभिन्न राज्य अनि विदेशबाट आएका अन्यलाई पनि सम्बन्धित क्षेत्रमा डक्टरेटको उपाधि प्रदान गरेको बताए।
समाजसेवाको क्षेत्रमा विभिन्न युनिभर्सिटीहरूबाट डक्टरेटको उपाधि प्राप्त गर्दै आईरहेको र आज इन्दौरमा माँ भुवनेश्वरी इन्टरनेशनल यूनिभर्सिटीले यो अनरेरी डक्टरेट इन सोसियल वर्क प्रदान गरेको डा. कमल कुजूरले जनाएका छन्।
यो सम्मानको निम्ति मार्ग प्रशस्त गर्ने सम्पूर्ण अलिपुरद्वार जिल्लावासीलाई धन्यवाद ज्ञापन पनि डा. कमल कुजूरले गरेका छन्।

About Author

Advertisement